स्वच्छ वातावरण स्वच्छ जिवन

पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था

इमेल

[email protected]

ठेगाना

रत्ननगर नगरपालिका-१५, माधवपुर, चितवन, नेपाल

संक्षिप्त परिचय

परिचय: पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था

पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था जलश्रोत ऐन २०४९ बमोजिम जिल्ला जलश्रोत कार्यालय, भरतपुरमा मिति २०६८।०१।०९ मा दर्ता भई सञ्चालनमा आएको संस्था हो । यस संस्थाको मुख्य उद्देश्य उपभोक्ताहरुलाई शुध्द खानेपानीको आपुर्ति गर्नु तथा सरसफाई सम्बन्धि ज्ञान दिई जागरुक बनाउनु रहेको छ । यस संस्थाले रत्ननगर नगरपालिका-१५ माधवपुर स्थित आफनै भवनमा रहेको कार्यालयबाट नियमित रुपमा प्रशासनिक कार्य सञ्चालन गर्दै आएको छ भने यस संस्थाको माधबपुरमा २,२५,००० लिटर को ओभरहेड टयाङ्की र यसको कार्यक्षेत्र हात्तीगाडेमा ४,५०,००० लिटर को ओभरहेड टयाङ्कीबाट पानी बितरण कार्यहुदै आएको छ ।
Pithuwa khanepani

हाम्रो दृष्टि (Vision), सोच (Mission) र लक्ष्य (Objectives)

लक्ष्य (Objectives)

१. उपभोक्तालाई उच्चस्तरको (Excellence) सेवा प्रदान गर्ने
२. संस्थाको दिगोपनको सुनिश्चितता गर्ने ।
३. संस्थालाई आर्थिक रुपमा सक्षम बनाउने ।
४. जनचाहना अनुसारको सेवा प्रदान गर्ने ।
५. दक्ष तथा प्रयाप्त कर्मचारीको व्यवस्था गर्ने ।
६. खानेपानीको क्षेत्रमा उपलब्ध आधुनिक प्रविधिलाई अवलम्बन गर्दै जाने ।

Leadership

सोच (Mission)

संस्थाको सेवा क्षेत्रभित्रमा एक घर एक धारा को व्यवस्था गरी, गुणस्तरीय पानी चौबिसै घण्टा उपलब्ध गराउने तथा सरसफाई युक्त वातावरणमैत्री जनचेतना जगाउने ।

Leadership

दृष्टि ( Vision )

संस्थाको सेवाक्षेत्र भित्रका सम्पूर्ण नवरबासीहरुलाई उच्च गुणस्तरको पानी उचित मुल्यमा निरन्तर उपलब्ध गराउने संस्थाका संरचनाहरुलाई दिर्घकालिन रुपमा उपयोग ल्याउन सकिने गरी संरचनालाई सुरक्षित बनाई संस्थालाई अव्वल बनाउने ।

Leadership