स्वच्छ वातावरण स्वच्छ जिवन

पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था

इमेल

[email protected]

ठेगाना

रत्ननगर नगरपालिका-१५, माधवपुर, चितवन, नेपाल

सामाजिक, आर्थिक तथा भौगौलिक अवस्था

सामाजिक, आर्थिक तथा भौगौलिक अवस्था

पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत रहेका क्षेत्रहरुमा विभिन्न जातजाती, भाषाभाषी र संस्कृतिका समुदायहरुको बसोबास रहेको छ। रत्ननगर नगरपालिकाको कुल जनसंख्या ८९९०५ मध्ये ३ वटा वडामा पूर्ण रूपमा गरी २३१६५ जनालाई सेवा पुर्याएको छ। सेवा क्षेत्रमा रहेको कुल घरधुरीमध्ये ४६३३ घरधुरीमा खानेपानीको सेवा उपलब्ध गराइएको छ। सहरीकरण र आन्तरिक बसाइसराइका कारण निकट भविष्यमा घरधुरी संख्या धेरै बढ्न सक्ने अवस्था रहेको छ। उद्योग, व्यापार, जागिर तथा कृषि पेशाहरू जस्तै कुखुरा पालन, गाईभैंसी एवं बाख्रा पालन, केरा खेती, मौरीपालन, मेवा खेती, माछापालन आदि यहाँका प्रमुख पेसा हुन्।

यस संस्थाको पूर्वमा खैरहनी नगरपालिका, पश्चिममा भरतपुर महानगरपालिका जोड्ने टिकौली वरण्डाभार जंगल क्षेत्र, उत्तरमा कालिका नगरपालिका र दक्षिणमा दुर्लभ एक सिङ्गे गैडा र पाटे बाघ पाइने, साथै नेपालको तेस्रो स्थानमा परिचित पर्यटकीय क्षेत्र सौराहा रहेको छ।

भौगोलिक संरचनामा, यस संस्थाको सम्पूर्ण भूभाग समथर तराई भूमि रहेको भएतापनि उत्तर पूर्वी क्षेत्रहरू दक्षिणतर्फको क्षेत्रहरूको तुलनामा केही उचाइमा अवस्थित छन्। नेपाललाई पूर्व-पश्चिम जोड्ने महेन्द्र राजमार्ग यस क्षेत्रको मध्य भाग भएर गएको छ।

व्यवस्थापकीय तथा भौतिक संरचना

पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा ११ सदस्यीय मूल कार्य समिति रहेको छ। साथै, ३ सदस्यीय लेखा समिति चयन गरिएको छ। विभिन्न कार्यहरूको सम्पादन, मूल्याङ्कन, लेखाजोखा तथा रेखदेखका लागि विभिन्न उपसमितिहरू गठन गरिएको छ। संस्थाको दैनिक कार्य सम्पादन गर्न व्यवस्थापक सहित हाल ११ जना कर्मचारी कार्यरत छन्।

हाम्रो बारेमा

सम्पर्क

sidebar contact