स्वच्छ वातावरण स्वच्छ जिवन

पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था

इमेल

[email protected]

ठेगाना

रत्ननगर नगरपालिका-१५, माधवपुर, चितवन, नेपाल

पिठुवा खानेपानीमा सातकन्या खानेपानी समायोजन

पिठुवा खानेपानीमा सातकन्या खानेपानी समायोजन

रत्ननगर । रत्ननगरस्थित पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा सातकन्या खानेपानी तथा जल उपभोक्ता समिति समायोजन गरिएको छ । रत्ननगर वडा नं–१६ को खैरेटी क्षेत्रका ३१४ घरधुरीलाई खानेपानी आपूर्ति गर्दै आएको सातकन्यालाई पिठुवा खानेपानीमा समायोजन गरिएको हो ।

रत्ननगरका मेयर प्रलाद सापकोटा प्रमुखअतिथि रहेको कार्यक्रममा पिठुवा खानेपानीका अध्यक्ष हरिकुमार श्रेष्ठ र सातकन्या खानेपानीका अध्यक्ष लेखबहादुर भण्डारीले समायोजन पत्रमा हस्ताक्षर गरेका थिए । समायोजनसम्बन्धी सहमति पत्रमा वडा नं–१६ का वडाध्यक्ष हेमराज थापासहित पिठुवा खानेपानीका पदाधिकारी र सातकन्या खानेपानीका पदाधिकारीलाई साक्षीका रुपमा राखिएको छ ।

सातकन्या खानेपानीको जग्गासहित भौतिक संरचना तथा चल–अचल सम्पत्ति पिठुवा खानेपानीको स्वामित्वमा आउने गरी समायोजन गरिएको पिठुवा खानेपानीका अध्यक्ष श्रेष्ठले बताए ।

सातकन्या खानेपानी २०६५ सालमा स्थापना भएको हो । २०६७ सालमा स्थापना भएको पिठुवा खानेपानीले हाल चार हजार ७२३ घरधुरीमा खानेपानी आपूर्ति गर्दै आएको छ । दैनिक ३० लाख लिटर खानेपानी खपत गर्दै आएको पिठुवा खानेपानीमा सातकन्या समायोजन भएपछि अब उपभोक्ताको संख्या पाँच हजार ३७ पुगेको छ ।

रत्ननगर वडा नं–१४, १५ र १६ का सबै घरधुरीमा खानेपानी पु¥याउने उद्देश्यका साथ सुरू भएको पिठुवा सहलगानी खानेपानी आयोजनाको काम ८० प्रतिशत सकिएको छ । रत्ननगर वडा नं–१६, खैरेटीमा छ कठ्ठा जग्गा क्षेत्रफलमा चार लाख ५० हजार लिटर क्षमताको ट्याङ्की, पाइपलाइन विस्तार, च्याम्बर, गेटभल्ब, गार्ड हाउस निर्माणको काम सकिएको अध्यक्ष श्रेष्ठले बताए ।

उक्त आयोजना सञ्चालनपछि सो क्षेत्रका एक हजार २०० घरधुरीमा खानेपानीको पहुँच पुग्ने छ । त्यसैगरी, रत्ननगर नगरपालिकाको लगानीमा चार हजार ५०० मिटर पाइपलाइन विस्तारको काम सुरू भएको छ । सो संस्थाले ५० प्रतिशत अनुदानमा २६४ सुकुमबासी तथा विपन्न परिवारको घरमा धारा जडान गरेको छ ।

समायोजन कार्यक्रमका प्रमुखअतिथि मेयर सापकोटाले सर्वसुलभरुपमा खानेपानी सहज आपूर्तिमा ध्यान दिन आग्रह गर्दै खानेपानीको आवश्यक पूर्वाधार निर्माणमा स्थानीय सरकारले सहयोग गर्ने भन्दै नगरवासीलाई मर्का नपर्ने गरी शुल्क दिन आग्रह गरे ।

पिठुवा खानेपानीका सचिव रुपेश तिवारीले सञ्चालन गरेको उक्त कार्यक्रममा वडा नं–१६ का वडाध्यक्ष थापा, संघीय खानेपानी तथा ढल निकास आयोजनाका निर्देशक सुन्दर सुवेदीलगायतले मन्तव्य राखेका थिए ।

पिठुवा खानेपानीका उपाध्यक्ष तुलबहादुर रायमाझीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा राजनीतिक दल, टोल विकास संस्थासहित विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु उपस्थित थिए । कार्यक्रम पिठुवा खानेपानीका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

sidebar contact