स्वच्छ वातावरण स्वच्छ जिवन

पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था

इमेल

[email protected]

ठेगाना

रत्ननगर नगरपालिका-१५, माधवपुर, चितवन, नेपाल

पिठुवा खानेपानी संस्थाको १५औँ स्थापना दिवस

पिठुवा खानेपानी संस्थाको १५औँ स्थापना दिवस

पिठुवा खानेपानीको १५औँ स्थापना दिवस मनाईयो
रत्ननगर ,बैशाख १०- रत्ननगरको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले मंगलबार १५औं स्थापना दिवस मनाएको छ ।
रत्ननगर नगरपालिका भित्रका वडा नं १४,१५ र १६ का स्थानीयलाई खानेपानी वितरण गर्दैै आएको सो संस्थाले औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
रत्ननगर नगरपालिकामा उपमेयर यादव प्रसाद पाठक प्रमुख अतिथि रहेको सो कार्यक्रममा २५ घरघुरीलाई निःशुल्क धारा जडान, उत्कृष्ट कर्मचारीलाई सम्मान र सामुदायिक विद्यालयलाई सरसफाईका सामग्री हस्तान्तरण गरिएको थियो । रत्ननगर नगरपालिकाको अनुदान सहयोगमा २५ घरघुरीलाई निःशुल्क मिटर सहित वितरण गरिएको संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।
सो कार्यक्रममा संस्थामा उत्कृष्ट काम गरेको आधारमा मिटर रिर्डर केदारनाथ तिवारीलाई सम्मान गरेको थियो। त्यस्तै,सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर वडा नं १५ स्थित विन्देश्वरी आधारभूत विद्यालयलाई साबुन, श्रप, मन्जन, ब्रस प्रदान गरिएको छ ।
पिठुवा खानेपानीलाई युर्निलिभर नेपालले उपलब्ध गराएको १०० किलो श्रप र १५ कार्टुन साबुन संस्थाको सेवा क्षेत्र भित्रका सामुदायिक विद्यालयमा वितरण गर्ने कार्यक्रम रहेको छ ।
तीन वडाका सबै घरधुरीमा खानेपानी पुर्याउने उद्देश्यका साथ सुरु भएको पिठुवा सहलगानी खानेपानी आयोजनाको काम हाल सम्म ७५ प्रतिशत सकिएको सो अबसरमा जानकारी गराईएको थियो।
रत्ननगर नगरपालिका वडा नं १६ खैरेटीमा ६ कठ्ठा जग्गा क्षेत्रफलमा सो आयोजनाको निर्माणको काम भइरहेको छ ।
४ लाख ५० हजार लिटर क्षमताको ट्याङ्की, पाइपलाइन विस्तार, च्याम्बर, गेटभल्ब, गार्ड हाउस निर्माणको काम अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले बताए ।
उक्त आयोजना सञ्चालनपछि सो क्षेत्रका १ हजार २०० घरधुरीमा खानेपानीको पहुँच पुग्ने छ ।
त्यसैगरी, रत्ननगर नगरपालिकाको चालु आर्थिक बर्षको योजना अनुरुप ४ हजार ५०० मिटर पाइपलाइन विस्तारको काम सुरु भएको छ । वि.सं. २०६८ सालमा स्थापना भएको उक्त संस्थाले तीन वटा वडाका ४ हजार ७२३ जना उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ ।
सो संस्थाले ५० प्रतिशत अनुदानमा २६४ सुकुमबासी तथा विपन्न परिवारको घरमा धारा जडान गरेको छ ।
दैनिक ३० लाख लिटर पानी खपथ हुँदै आएको सो संस्थाको बार्षिक आम्दानी १ करोड ४६ लाख रहेको छ ।
१ करोड १० लाख खर्च कटाएर सो संस्थाले बार्षिक ३६ लाख मुनाफा गर्न सफल भएको कोषाध्यक्ष विमला बन्जराले जानकारी दिइन् ।
स्थापना दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रममा उपमेयर पाठकले पूर्वाधार निर्माण संगै खानेपानीको मुहान संरक्षणमा जोड दिन संस्थालाई आग्रह गरे ।
जलबायु परिर्वतनको असरले खानेपानीको मुहान खुम्चिदै गएको भन्दै उनले जलधार तथा सिमसार क्षेत्रको सरसफाई र मुहान अतिक्रमण नियन्त्रणमा जोड दिने बेला आएको बताए ।
संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष आशिक तामाङ, वडा नं १६ का वडाध्यक्ष हेमराज थापा, वडा नं १५ का निर्वतमान वडाध्यक्ष हुमनाथ लामिछाने, कार्यपालिका सदस्य सानु भण्डारी, नेपाली काँग्रेसबाट हरिशचन्द्र अधिकारी, एमालेबाट कृष्ण पन्त, माओवादी केन्द्रबाट देविप्रसाद बस्ताकोटी, रास्वपाबाट नुमनाथ रेग्मी, राप्रपाबाट उत्तम पाण्डे, एकीकृत समाजबादीबाट रामहरि पनेरु, साविक विठुवा गाविसका पूर्व अध्यक्षहरु चन्द्रकान्त न्यौपाने, जहेन्द्रकुमार श्रेष्ठ, साविक गाविस उपाध्यक्ष नन्दबहादुर थापामगर लगायत विभिन्न संघसंस्थाहरु तथा सामाजिक व्यक्तित्वहरुको उपस्तिथि रहेको थियो ।
सो संस्थाको सचिव रुपेश तिवारीले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष तुलबहादुर रायमाझीले स्वागत मन्तव्य राखेका थिए ।
May be an image of 5 people and text
May be an image of 6 people and text
May be an image of 8 people and text
May be an image of 4 people, clarinet and tree
May be an image of 7 people and text

हाम्रो बारेमा

सम्पर्क

sidebar contact